मङ्गलबार, ०६ चैत २०८०

कांग्रेसको १४ औँ महाधिवेशनको मिति सर्‍यो, भदौँ १६ देखि १९ सम्म गर्ने निर्णय

२९ जेष्ठ २०७८, शनिबार १९:४२ मा प्रकाशित

काठमाडौँ– आगामी भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ औं महाविधेशनको मिति सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाविधेशन हुने बताएका थिए । पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । यसअघि असार ६ गते हुने भनिएको गाउँ/नगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter