बिहिबार, १३ बैशाख २०८१

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप, किराना र खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्ने

१९ जेष्ठ २०७८, बुधबार १६:२४ मा प्रकाशित

काठमाडौँ – काठमाडौँ उपत्यकामा एक महिनाभन्दा बढि समयदेखि रहेको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि लम्ब्याइएको छ।

उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले ११ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

भक्तपुर जिल्लाका प्रशासन प्रमुख प्रेमप्रसाद भट्टराईले खाद्यान्न र किराना पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको बताए।

‘खाद्यान्न र किराना पसलहरु बिहान ९ बजेसम्म खोल्न पाइने छ। विकास निर्माणका सामग्रीहरु राती ओसार्न र दिउँसो काम गर्न पाइने छ। पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ। अन्य व्यवस्था पुरानै यथावत् रहने छन्’, भट्टराईले भने।

पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि बिहीबार राती सकिँदै छ।

पछिल्लो एक सातामा किराना र खाद्यान्न पसल खोल्न रोक लगाइएको थियो। यसबीचमा दैनिक कोरोना संक्रमण दर घटिरहेको छ। काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको हो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter