मङ्गलबार, ११ बैशाख २०८१

कोरोना नियन्त्रणका लागि संकटकाल लगाउने सरकारको तयारी,अध्यादेशमा व्यवस्था

६ जेष्ठ २०७८, बिहीबार २३:२२ मा प्रकाशित

काठमाडौँ- कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारी सरकारले गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन। अध्यादेशमा संकटकाल कुन अवस्थामा लगाउने भन्नेबारे स्पष्ट नभएको एक मन्त्रीले जानकारी दिए।

तर यसबारे प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सेनापति पूर्णचन्द्र थापासँग गहिरो छलफल गरेको सरकारको उच्च स्रोतले जानकारी दियो।

खासगरी संकटकालका बेला कोरोना नियन्त्रणका लागि अक्सिजनलगायत जफत गर्दा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यान दिदै ओलीले थापासँग सेनाको समन्वयकारी र सहयोगात्मक भूमिको खोजेको स्रोतले बतायो।

संकटकाल लागेमा सामान्य अवस्थामा प्रचलित उपभोग भएका नागरिक हक र अधिकार पनि प्रभावित हुने स्रोतको भनाई छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter