शुक्रबार, १४ बैशाख २०८१

सर्वोच्चले भन्यो- मास्क नलगाउनेलाई होल्ड गरेर जरिवाना नलिनू

५ जेष्ठ २०७८, बुधबार १५:२४ मा प्रकाशित

काठमाडौँ- सर्वोच्च अदालतले मास्क नलगाउने नागरिकलाई प्रहरीले सडकमा होल्ड गरेर जरिवाना तिराउनु गैरकानुनी भएको ठहर गरेको छ।

अधिवक्ता सागर पौडेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले होल्ड गरेर जरिवाना तिराउनु गैरकानुनी भएको ठहर गर्दै त्यस्तो कार्य नगर्न अन्तरिम आदेश दिएको छ।

नागरिकलाई सडकमा होल्ड गरेर जरिवाना तिराउने कार्य नेपालको संविधान र संक्रामक रोग ऐन २०२० को दफा ४ विपरीतको कार्य हुने आदेशमा उल्लेख छ।

न्यायाधीश कार्कीको इजलासले नागरिकलाई राज्यका तर्फबाट पर्याप्त मास्क वितरण हुन नसकेकोतर्फ पनि ध्यानाकर्षण गराएको छ।

मंगलबार जारी आदेशमा उल्लेख गरिएको छ, ‘यस्तो अवस्थामा मास्क नलगाउने नागरिकबाट राज्यले जरिवाना लिने गरेको देखियो भने निजहरूलाई होल्डिङ सेन्टरमा राख्ने कार्य समेत गरेको देखियो। यस्ता कार्यहरू नेपालको संविधान तथा संक्रामण रोग ऐन, २०२० को दफा ४ को व्यवस्था प्रतिकूल नेपाल प्रहरीले अनधिकृत रूपमा प्रयोग गरेको देखिंदा प्रस्तुत रिट निवेदनको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरू तत्काल नगर्नू, नगराउनू भनी…अन्तरिम आदेश समेत जारी गरिदिएको छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter