बुधबार, १२ बैशाख २०८१

भारतमा नयाँ संक्रमितको संख्या निरन्तर घट्दै, घटेन मृत्युदर

४ जेष्ठ २०७८, मंगलवार १६:०४ मा प्रकाशित

काठमाडौँ – भारतमा सोमबार पनि नयाँ कोरोना संक्रमित भेटिनेको संख्या घटेको छ। तर मृतकको संख्या भने फेरि उकालो लागेको छ।

पछिल्लो चौबिस घण्टामा भारतमा २ लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधिमा थप ४ हजार ३ सय २९ जना संक्रमितको मृत्यु भएको छ।

अघिल्लो दिन २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित भेटिएका थिए भने ४ हजार १ सय ६ जनाको मृत्यु भएको थियाे।

यस्तै सोमबार ४ लाख २२ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २ करोड १६ लाख पुगेको छ।

अहिलेसम्म २ करोड ५२ लाख भन्दा धेरै संक्रमित भएका छन्। त्यसमध्ये २ लाख ७८ हजार ७१९ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

अहिले भारतमा ३३ लाख ५३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter