शुक्रबार, ०७ बैशाख २०८१

शपथसम्बन्धी रिटमा अन्तरिम आदेश अस्वीकार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग

४ जेष्ठ २०७८, मंगलवार १५:५३ मा प्रकाशित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो।

गत शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा ओलीले ‘प्रतिज्ञा गर्छ कि’ भन्ने वाक्यांश छुटाउँदा राष्ट्रपतिले फेरि दोहोर्‍याएर भन्दा ओलीले  ‘त्यो पर्दैन’ भनेका थिए। ‘त्यो पर्दैन’ भनेर शपथ लिनु संविधान विपरीत हुने भन्दै शपथ बदर गर्न सर्वोच्चमा सातवटा रिट परेका थिए। प्रधानमन्त्रीले शपथको प्रक्रिया पूरा नगरेको जिकिर ती रिटमा थिए।

प्रधानमन्त्रीको कामकारबाही नगर्न/नगराउन र शपथ फेरि लिन रिटमा अन्तरिम आदेश मागिएको थियो। यसमा जबराको इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो।

तर शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter