बुधबार, १२ बैशाख २०८१

उपेन्द्र र महन्थको संयुक्त वक्तव्यः आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आएमात्र सरकारमा जाने

४ जेष्ठ २०७८, मंगलवार १५:५१ मा प्रकाशित

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए पछि नहट्ने जनाएको छ।

तर यसबाहेक अन्य अवस्थामा जसपा सरकारमा नजाने उसले बताएको हो।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा मात्रै जसपा सरकारमा सहभागी हुने बताएका हुन्।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’, विज्ञप्तिमा उल्लेख छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter