मङ्गलबार, ०६ चैत २०८०

धनी देशका कारण कोभ्याक्स ओझेलमा, गरिब देशहरु खोप नपाएर समस्यामाः डब्लुएचओ

२१ बैशाख २०७८, मंगलवार १५:२१ मा प्रकाशित

कोरोना भाइरसविरुद्धको खोप पहुँच विश्वका गरिब देशमा पनि समान रुपमा पुर्‍याउने अभियानका लागि थप ३५–४५ अर्ब डलर आवश्यक पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

धनी देशमा जस्तै गरिब देशका नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने व्यवस्थाका लागि सुरु गरिएको अन्तर्राष्ट्रिय प्रयास कोभ्याक्सका लागि थप रकमको खाँचो रहेको डब्लुएचओले बताएको हो।

गएको वर्ष कोरोना भाइरस विरुद्धको खोपमा विश्वका सबै देशको पहुँच होस् भन्ने उद्देश्यसहित कोभ्याक्स अभियान सुरु गरिएको हो। तर खोपको पहुँचलाई लिएर विश्वका धनी तथा गरिब देशबिचको गम्भीर असमानता कायम छ।

अहिलेसम्म कोभ्याक्स अभियान अन्तर्गत विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्धको खोपको चार करोड ९० लाख मात्रा पठाइएको छ।
आउँदो वर्षसम्म अधिकांश वयश्कलाई खोप दिनका लागि अभियानलाई थप ३५–४५ अर्ब अमेरिकी डलर बराबरको रकम चाहिने डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन्।

डब्लुएचओ, ग्लोबल भ्याक्सिन अलायन्स (गावी) र कोअलिसन फर इपिमेमिक प्रिपेअर्डनेश इनोभेशन (सिपी) को संयुक्त नेतृत्वमा कोभ्याक्स अभियान सुरु भएको हो। यो अभियानमा संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले कार्यान्वयनका लागि साथ दिएको छ।

डब्लुएचओ प्रमुख डा. टेडरोजले धनी देशहरुले कोभ्याक्सलाई ओझेलमा पारेको आरोप लगाएका छन्। आफ्ना नागरिकका लागि आवश्यक पर्ने भन्दा निकै धेरै खोप मौज्दातमा राखेका कारण गरिब देशहरुमा खोप अभियान रोक्नु पर्ने अवास्था वा अति सुस्त गतिमा सञ्चालन गर्नु परेको उनले बताएका छन्।

विश्वभर हालसम्म लगाइएका खोप मध्ये गरिब देशले एक प्रतिशत भन्दा पनि कम पाएको उनले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter