मङ्गलबार, ११ बैशाख २०८१

नेपाली १० पर्वतारोहीले हिउँदमा ‘केटू’ हिमालको आरोहण गरी रचे इतिहास

३ माघ २०७७, शनिबार २२:३१ मा प्रकाशित

काठमाडौँ– नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित ‘माउनट केटू’को सफलतापूर्वक आरोहण गरी इतिहास रचेका छन् ।

विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जा नेतृत्वमा रहेका १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरेका हुन ।

पर्वतारोहीका लागि सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि सफलता हासिल गरेका थिएनन ।

यसपटक पुर्जासहित १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरी रेकर्ड बनाएका हुन् ।

सफलतापूर्वक आरोहण गर्नेमा पुर्जासहित मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् ।

केटू हिमालको चुचुरोमा नेपाली राष्ट्रिय गान गाउनुका साथै राष्ट्रिय झण्डा फहराएको पर्वतारोही पुर्जाले इन्स्टाग्राममा लेखेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter