शुक्रबार, १६ चैत २०८०

सुन्धारा स्थित मदिना मस्जिदलाई भु-माफियाले डोजर लगाई भत्काइयो, मुस्लिम समुदाएमा आक्रोश

रमजान बाबु

८ कार्तिक २०७७, शनिबार १५:२९ मा प्रकाशित
काठमाडौ- काठमाडौको सुन्धारामा अवस्थित मदनी मस्जिद तथा मुसाफिरखानको इतिहास मैले उल्लेख गरिरहन पर्दैन।यहाँका रैथाने वासिन्दा (लगनटोल,खिचापोखरी,न्यूरोड,प्युँखा भोटेवहालका वासिन्दा) तथा हामीहरु नै यसको साक्षी रहेका छौं।कुनै बेला काठमाडौमा होटेल तथा लजहरुमा बास बस्ने प्रचलन नभएको बेला साझा यातायात लगायत लामो दुरीको बसको टिकट काट्न र बस चढ्न मानिसहरू सुन्धारा नै आउनु पर्दथ्यो।तराई,मधेस तथा पहाडी भुभागका मझौला ब्यापारी तथा सर्वसाधारणहरु दिनभरीको किनमेल पछिको थकान मेटाउन,हलाल खाना खान र आफ्नो दैनिकी प्रार्थना,आराधनाको तथा भोलिपल्ट को यात्रा पुर्व रात बिताउनु मदनी मस्जिद मुसाफिरखाना सुन्धारा लाई नै आफ्नो सुरक्षित स्थानको रुपमा चुन्दथे।यस मुसाफिरखान भित्रको सानो भागमा मस्जिद र माथी बुइंगेलमा सुत्ने ठाउँ रहेको छ।भुभाग र क्षेत्रफलको हिसाबले अत्यन्तै सानो भएता पनि यसको इतिहासका जराहरु पुराना र निकै बलिया छन।अत्यन्तै PRIME LOCATION तथा आकर्षक ठाउँमा भएको हुनाले यस भुमिमा पटक पटक आक्रमण हुँदै आएको छ।भुमाफियाहरु विभिन्न हत्कण्डा अपनाएर यसलाइ आफ्नो कब्जामा लिएर गाँठिस्टहरुको झोलीमा हाल्न खोजिरहेका हुन्छ्न।मलाइ स्मरण भए सम्म यस माथी कब्जा गर्ने प्रयास निरन्तर जारी रहने क्रममा पुर्व मन्त्री मिर्जा दिल शाद बेग मन्त्री रहेको बखतमा पनि केही भुमाफिया हरुले यस पवित्र स्थल माथी कब्जा जमाउन मस्जिद नै भत्काइदिएका थिए।तर मिर्जा ज्युले प्रशासन कै सहयोगमा आफै उभिएर मस्जिद तथा मुसाफिरखानाको पुनर्निर्माण गरेर यसको बैधानिकता उजागर गरिदिएको हिजो अस्ति भर्खरै जस्तै लाग्दछ।आश्चर्यजनक कुरा विभिन्न सहारा र चोर मार्ग बाट क्यौंपटक यस मस्जिद तथा मुसाफिरखाना लाई तहसनहस गर्न खोजिएको परिप्रेक्ष्यमा राज्यबाट यस ऐतिहासिक मस्जिद तथा मुसाफिरखानाको बचाउ नभएको पनि होइन।Stay Order लगाएर पटक पटक अदालतमा मुद्दा पनि नचलेको होइन।तर पनि भुमाफिया एक कदम पछाडि हट्न तैयार हुँदैन।पुनःसक्रिय भै समाजलाइ डर त्रास र भयको वातावरण सृजना गर्न लागिपरिरहेको आभास हुन्छ।यसको सार हेर्ने हो भने यो मस्जिद माथिको आक्रमण मात्र नभई भुमाफिया लगायत अन्य बिचौलियाहरुले यो जग्गाको विवाद निकालेर हामी बिच रहिआएको आपसी एकता,सद्भाव तथा शताब्दीयौं बाट कायम रहिआएको धार्मिक सहिष्णुता खल्बल्याउन चाहेको प्रष्ट हुन्छ।यदि कसैले हाम्रो आस्था माथी प्रहार गरेर हाम्रो मेलमिलाप आत्मीयता लाई कम्जोर पार्न खोज्दछ भने त्यो उसको दिवा सपना मात्रै हुनेछ।यस जटिल अवस्थामा पहिलो दायित्व राज्य तथा राज्यका निकायको र त्यसपछि हामी सबैको हुन्छ।यस्का साथै हामी अत्यन्तै चनाखो हुनु हाम्रो दायित्व र जिम्मेवारी हुन्छ।
मस्जिद मुसाफिरखाना कव्रस्थान तथा अन्य ऐतिहासिक सम्पदा,धार्मिक स्थल गुठी मठ मन्दिर गुम्बा लगायत ऐतिहासिक महत्त्व बोकेका स्थान स्थलहरुको भुमीलाई आक्रमण हुन बाट बचाउन राज्यले भुमाफियाहरुको यो आतंक बन्द गर्न यथाशीघ्र पहल गर्नु पर्दछ। धन्यवाद
©रमजान बाबु।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter