शुक्रबार, १६ चैत २०८०

अर्मेनिया अजरबैजान सीमा विवाद: अर्मेनियाका ७२९ सैनिककाे मृत्यु

४ कार्तिक २०७७, मंगलवार ११:४० मा प्रकाशित

बाको / एजेंसी

विवादास्पद सीमा क्षेत्रलाई लिएर भएको भिडन्तको क्रममा अजरबैजान र अर्मेनियाले क्षति बेहोरेका छन् । तर अर्मेनियामा सैनिकको मृत्यु हुने संख्या लगातार बढि रहेको छ ।

अर्मेनियाको सेनाका अनुसार अहिलेसम्म सीमा भिडन्तमा मृत्यु हुने सैनिकको संख्या ७२९ पुगेको छ । सोमबार १९ सैनिकको मृत्यु भएको हो ।

अर्मेनियाको रक्षा मन्त्रालयले मृत्यु हुनेको संख्या बढ्न सक्ने यसअघि नै बताइसकेको थियो । भिडन्तमा मृत्यु हुनेको यकिन संख्या केही समयपछि मात्रै प्राप्त हुने मन्त्रालयको भनाई छ ।

अजरबैजानले भने अहिलेसम्म भिडन्तमा ज्यान गुमाउनेको संख्या सार्वजनिक भएको छैन । भिडन्त सकिएपछि हताहतीको जानकारी सार्वजनिक गरिने अजरबैजानका राष्ट्रपतिले एक अन्तर्वार्तामा बताएका थिए ।

दुई देशबिच मानवीय सहायताका लागि युद्धविरामको सहमति भएको छ, तर त्यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ।

तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter