बिहिबार, ०६ बैशाख २०८१

सिन्धुपाल्चोक पहिरो अपडेटः ११ जनाको शव भेटियो, २० जना अझै बेपत्ता

२८ भाद्र २०७७, आईतवार २०:१८ मा प्रकाशित

काठमाडौँ– सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्।

जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना अझै बेपत्ता छन् भने ६ जनाको जिवितै उद्दार गरी उपचारका लागि पठाइएको छ। बेपत्ता हुनेमा भिरखर्कका तीनजना, नाकपुछेका १६ र नेवार टोलका १ जना रहेका छन्। पहिरोले २२ घर पुरेको थियो।

आइतबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित भिरखर्क, नाकुचे र केम्बे गाउँमा पहिरो गएको थियो। इलाका प्रहरीका कार्यालय बाह्रबिसे, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter