बिहिबार, १५ चैत २०८०

मौलाना अब्दुल मन्नान सल्फी को निधन , जनाज़ा कृष्णानगरमा दुइ बजे हुने

७ भाद्र २०७७, आईतवार ०८:३६ मा प्रकाशित

कृष्णानगर, कपिलवस्तु .

आज मिति भदौ ७ गते राती एक बजे करीब मौलाना मौलाना अब्दुल मन्नान सल्फी को निधन भएको छ । उनको निधनले मुस्लिम समाजमा एक शौक मा डुबेका छन । सिराजुल उलूम सल्फ़ीयह झण्डानगर कपिलवस्तु मा करीब ३५ वर्ष देखि अध्यापक को रुपमा सेवा गर्दै आएका थिए। एस सेराज नामक मासिक उर्दू पत्रिकाको ऊनि सम्पादक थिए। उनको जनाजा तथा अन्तिम सन्तेष्टि झण्डानगर् स्थित कब्रस्तान मा दुइ बजे हुने जानकारी मौलाना शमीम नदवी ले दिनु भएको छ । उहाँको निधन पश्चात शोक व्यक्त गर्ने हरूको संख्या बढ्दै छ । नेपाल तथा भारत का सेकड़ौ जिम्मेवार उलेमा हरू , पत्रकार हरू , राजनैतिक अगुवाहरुले श्रद्धाजंलि अर्पण गर्दै छन । केयरखबर का सम्पादक अब्दुस सबुर नदवी लेख्छन की ““एउटा प्रकाश थियो जसले सूरज लिएर गयो “। मुस्लिम युवा पत्रकार शमशाद आदिल लेख्छन “ एउटा शैक्षिक क्षेत्रको यौद्धा को निधन, समाजिक परिवर्तनको महान अभियंता को निधन , क्रान्तिकारी तथा सामाजिक यथार्थवादी कवि र साहित्यकार को निधन , हदीस र क़ुरआन को एक अध्यापकको निधन , दुवात र वक्ताहरूको लागि प्रेरणा दिने एक मार्गनिर्देशक को निधन आज भएको छ । हजरत मौलाना अब्दुल मन्नान सल्फी को निधनले मुस्लिम समाजले एक महान बहुप्रतिभाशाली ऐतिहासिक व्यक्तित्व गुमाएको छ “।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter