०४ फागुन २०८१

काठमाडौं उपत्यकामा भदौ १५ सम्म निषेध भए यी गतिविधिहरु

३१ श्रावण २०७७, शनिबार ११:३४ मा प्रकाशित

काठमाडौं- राजधानीसहित उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बेलुका बसेको संयुक्त बैठकले भदौ १५ गतेसम्म विभिन्न गतिविधिमा प्रतिबन्ध लगाएको छ।

खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्न, भिडभाड हुने गतिविधि जस्तै जात्रा र महोत्सव गर्न, उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू, चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरू, शैक्षिक संस्थाहरू सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना सञ्चालन गर्न पाइने छैन।

यस्तै फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न, उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसारपसार गर्न र टेक अवे बाहेक होटल/रेस्टुराँ सञ्चालन गर्न पनि भदौ १५ गतेसम्म रोक लगाइएको छ।

यो नियम शुक्रबार रातिदेखि लागु हुने छ। यसअघि तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यालयका अत्यावश्यकबाहेकका सेवाहरु भदौ ८ गतेसम्म बन्द गर्ने निर्णय गरेका थिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter