बिहिबार, १५ चैत २०८०

नेपाल कोरोना अपडेट: संक्रमण २३ हजार ९४८, निधन ८३, संक्रमणमुक्त १६ हजार ६६४

२७ श्रावण २०७७, मंगलवार १९:०२ मा प्रकाशित

काठमाडौं-नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ। यस्तै मृत्यु हुनेको संख्‍या  ८३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमका १,  सिन्धुपाल्चोकका १, सुनसरीका १, सुर्खेतका ५, रुपन्देहीका ३३ र दाङका ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै दैलेखका ३, सल्यानका २, रोल्पाका १, बागलुङका २, तनहुँका २, नवलपरासीका २, प्युठानका १७, अछामका १, अर्घाखाँचीका १, बाँकेका २९, धादिङका ११, दोलखाका १, इलामका १, जाजरकोटका १, कालिकोटका १, ओखलढुङ्गाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, धनकुटाका १, झापाका १० र मोरङका ४२ जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरि सुनसरीका ३२, उदयपुरका १६, धनुषाका २३, महोत्तरीका १२, सप्तरीका १३, पर्साका ७०, गोर्खाका १, नुवाकोटका ३, दाङका १, चितवनका ३, काभ्रेका ४, मकवानपुरका १, बर्दियाका १,  दार्चुलाका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै  प्रदेश-१  ५ सय ३९ जना कोरोना संक्रमण भएका छन् भने १ हजार ४५ जना निको भएर घर फर्किएका छन्। साथै ५ जनाको कोरोनाकै कारण मृत्‍यु भएको छ।

यस्तै प्रदेश-२ मा ३ हजार १ सय ५५ जना कोरोना संक्रमित भएका छन् भने ३ हजार ३ सय ८५ जना कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन्।  साथै ३५ जनाले कोरोनाकै कारण ज्‍यान गुमाएका छन्।

यस्तै बागमती प्रदेशमा १ हजार ३ सय ५२ जनामा कोरोना संक्रमित भएका छन् भने ६ सय १८ जना कोरोनाबाट संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। साथै १५ जनाले कोरोनाकै कारणले ज्‍यान गुमाएका छन्।

यस्तै गण्डकी प्रदेशमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। साथै ६ जनाले कोरोनाकै कारण ज्‍यान गुमाउनु परेको छ।

यस्तै प्रदेश ५ मा   ६ सय ५६ जनालाई कोरोना संक्रमण भएको छ भने ४ हजार १ सय ८९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। साथै ११ जनाको कोरोनाकै कारण मृत्‍यु भएको छ।

यस्तै कर्णाली प्रदेशमा १ सय ९७ जना कोरोना संक्रमण पुष्टि भएका छन् भने १ हजार ९ सय जना अस्पतालबाट डिस्चार्ज भएका छन्। साथै ४ जनाले कोरोनाका कारण ज्‍यान गुमाएका छन्।

यसैगरी सुदूर पश्‍चिम प्रदेशमा ८ सय ९६ जना कोरोना देखिएको छ भने ४ हजार ४१ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। साथै ७ जनाले कोरोनाको कारण ज्‍यान गएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter