बिहिबार, १३ बैशाख २०८१

नेकपा स्थायी समिति बैठक: माथि बस्ने सचिवालय सदस्य तल झरे, प्रधानमन्त्री सहभागी

१६ असार २०७७, मंगलवार २१:३१ मा प्रकाशित

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको नेकपा स्थायी कमिटि बैठकमा स्थायी समिति सदस्यरुले आफ्ना धारणा राख्नेछन्।

आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ।

यसअघि तीन दिनसम्म सिमा समस्याबारे छलफल भएको थियो।

स्थायी समिति सदस्यहरुले प्रधानमन्त्रीले दिएका अभिव्यक्तीबारे जानकारी माग्ने तयारी समेत गरेका छन्।

आइतबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतको इसारामा आफुलाई हटाइन लागेको आरोप लगाएका थिए।

आफूलाई आएको खतराको सूचना बैठकलाई जानकारी गराउनुपर्ने माग समेत उनीहरूको छ।

स्थायी समितिको बैठकको आजको डेकोरेसन परिवर्तन गरिएको छ।

यसअघिका बैठकमा बालुवाटारको हलभित्र स्थायी समिति सदस्यहरू तल र दुई अध्यक्षसहित सचिवालय सदस्यलाई उचो स्थानमा बस्ने व्यवस्था मिलाइएको थियो।

मंगलबारको बैठकमा भने सबै जना एउटै फ्लोरमा राखिएका कुर्सीमा बसेका छन्।

बैठक सुरू भएको दिन त प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टै सोफाको व्यवस्था गरिएको थियो। बैठकमै विरोध भएपछि उनीहरूका सोफा हटाइएको थियो।

मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सुरूदेखि नै सहभागी भएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter