शुक्रबार, ०७ बैशाख २०८१

अख्तियारको ‘राडार’मा तानियो निजी क्षेत्र, राष्ट्रिय सभाबाट अख्तियार विधेयक पारित हुँदै

९ असार २०७७, मंगलवार २१:२४ मा प्रकाशित

अख्तिययार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमाथि पनि भ्रष्टाचारको अनुसन्धान गर्न पाउने गरी कानुन तयार भएको छ।

राष्ट्रिय सभाले निजी क्षेत्रमाथि समेत अख्तियारले अनुसन्धान गर्न सक्नेगरी अख्तियार दुरूपयोग अनुसन्धान ऐन पारित गर्ने तयारी गरेको हो।

मंगलबारको राष्ट्रियसभा बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन पारित गर्ने कार्यसूची छ।

सरकारले संसदमा अख्तियार ऐन संशोधन अगाडि बढाउँदा समेत निजी क्षेत्रलाई अनुसन्धान गर्न दिने गरी विधेयक संसदमा दर्ता गराएको थियो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोही व्यवस्थालाई पारित गरेको हो।

विधेयक पारित भएर कानुन बने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले, बैंक, शैक्षिक संस्था र मेडिकल कलेजमाथि भ्रष्टाचार मुद्दा अगाडि बढाउन सक्नेछ।

विधेयकमा सार्वजनिक संस्थाको रूपमा गरिएको व्याख्यामा बैंक, शैक्षिक संस्था र मेडिकल कलेजहरूलाई समावेश गरिएको हो।

सरकारबाट पूर्ण वा आंशिक अनुदान लिने संस्थामाथि अख्तियारले अनुसन्धान गर्न पाउने भएको हो।

‘नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर वा प्रकारका बैंक, वित्तीय संस्था, बीमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनी वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको अनुदान प्राप्त गरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट सञ्चालित परियोजनाको हकमा त्यस्तो सूचनामा तोकिएको काम कारबाहीको हदसम्म त्यस्तो संस्था वा निकायलाई’ विधेयकले सार्वजनिक संस्थाका रूपमा व्याख्या गर्दै अख्तियारलाई अनुसन्धान गर्न बाटो खोलिदिएको हो।

यता निजी क्षेत्रका संघ-संस्थाले संसदीय समितिबाट पारित भएको व्यवस्थाको विरोध गरेका छन्। यसअघि नै  राजस्व विभाग, कर विभाग तथा सम्पति शुद्धीकरण जस्ता निकायले छानबिन गर्ने व्यवस्था हुँदाहुँदै अख्तियारको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई तानिएकोमा उनीहरूले विरोध गरेका हुन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter