मङ्गलबार, ०४ बैशाख २०८१

चीन र पाकिस्तान संग भारत भन्दा बढी आणविक हथियार: SIPRI

इजहार मिकरानी

२ असार २०७७, मंगलवार १५:४१ मा प्रकाशित
चीन र पाकिस्तान संग भारत भन्दा बढी आणविक हतियार भएको कुरा विश्वको प्रमुख युध्द र सामरिक अध्यन समूहले जारी गरेको प्रतिवेदनमा खुलासा गरिएको छ ।
स्टकहोम स्थित अन्तर्राष्ट्रीय शान्ति अध्यन संस्थान (SIPRI) ले आफ्नो 2020 को वार्षिक किताबमा चीन संग 320, पाकिस्तान संग 160 र भारत संग 150 आणविक हतियारहरू रहेको अनुमान गरेको छ । यो संख्या जनवरी 2020 सम्मको अवधि भरिको हो ।
SIPRI ले यो वार्षिक प्रतिवेदन यस्तो समयमा जारी गरेको छ जबकि चीन र भारत बीच लद्दाख देखि उत्तराखण्ड र सिक्किम देखि अरुणाचल प्रदेश सम्म वास्तविक नियन्त्रण रेखा वरि परि आमना सामना र झडप जारी छ ।
चीनले आणविक हतियारहरुको आधुनिकीकरण गरिरहेको छ जसमा थल, समुद्रमा आधारित मिसाइल र आणविक क्षमता भएको युद्दक विधानहरू शामेल छन् , SIPRI को बयानमा भनिएको छ ।
भारत र पाकिस्तान ले पनि आणविक क्षमताको बिस्तार विविधीकरण बिस्तारै गरिरहेको कुरा वार्षिक किताब 2020 मा उल्लेख छ ।
सशस्त्रीकरण, निशस्त्रीकरण र अन्तर्राष्ट्रीय सुरक्षा मुल्यांकन गर्ने ‘ईयरबुक’ अनुसार 2019 मा आणविक हतियारको संख्यामा कमी आएको थियो यध्यपि आणविक हतियार भएका सबै मुलुकहरूले आणविक क्षमताको आधुनिकीकरण जारी राखेको छ ।
जनवरी 2020 सम्म विश्वको नौ वट राष्ट्रहरू संग कुल 13400 आणविक हतियारहरू रहेको अनुमान गरिएको छ जसमा रसिया र अमेरिका संग कुल संख्याको 90 प्रतिशत अर्थात् रसिया संग 6375 र अमेरिका संग 5800 न्युक्लियर वारहेड्स रहेको ISPRI ले भनेको छ ।
उपलब्ध आणविक हतियारहरू मध्ये 3720 लाइ प्रयोग गर्न सक्ने क्षमताका साथ जडान गरिएको छ भने 1800 वारहेड्सलाई उच्च प्रयोगात्मक स्थितिमा राखिएको SIPRI ले बताएको छ ।
अमेरिका र चीन पछि भारत सैन्य शक्तिमा लगानी गर्ने तेश्रो ठूलो राष्ट्र हो । 2019 को SIPRI को प्रतिवेदन अनुसार भारतको रक्षा बजेट 6.8 प्रतिशतले वृद्धि भई 71.1 बिलियन डलर पुगिसकेको छ ।
शक्ति राष्ट्रहरू बीच आणविक हतियार बृद्दि र आधुनिकीकरण गर्ने प्रतिस्पर्धा र होड मानव समुदायको अस्तित्वको लागि अत्यधिक घातक छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter