शुक्रबार, ०७ बैशाख २०८१

समाजबादी पार्टीको भूमिका निर्णायक हुनु पर्छ

प्रीति रमण

१५ जेष्ठ २०७७, बिहीबार १७:०१ मा प्रकाशित
देशको आशा लाग्दो राजनीतिक शक्ति बन्न पुगेको जनता समाजबादी पार्टीलाई राष्ट्यि मुद्दाहरुमा बिशेष क्रियाशील बनाउन जरुरी छ भन्ने खालका सुझानहरु जनस्तरबाट आउन थालेका छन् । मधेशका मुद्दालाई मात्र ध्यान दिंदा क्षेत्रियताबादकिो आरोप लाग्ने गरेका कारणबाट पनि यो आवश्यक छ जस्तो देखिन्छ । मधेश केन्द्रीत दल राजपा र आफ्नो देशव्यापी संगठन विस्तार गर्न सफल भएको समाजवादी पार्टीका धेरैजसो राजनीतिक एजेण्डाहरू मिल्ने भएकाले यी दुई दलहरू एकीकृत हुनुपर्छ भन्ने भावना जनस्तरबाट धेरै पहिलेदेखि अभिव्यक्त हुँदै आएको थियो । पार्टी एकताले जनताको भावनाको कदर भएको जस्तो महशुस भएको छ ।
समाजवादी र राजपाबीच लामो समयदेखि एकताको चर्चा चलिरहेकै थियो । यी दुई दलबीच थुप्रै एजेन्डाहरूमा समानता भएका कारण नै एकताको सम्भावना भयो । सत्तारुढदल भित्रको कचिंगलका कारणबाट अचानक एकता भएको जस्तो देखिए पनि धेरै लामो समय देखिको जनताको चाहना र सपना पूरा भएको हो । ढिलो हन गैैरहेको एकता सत्ताको भःगडाले गर्दा छिटो भएको मात्र हो । ु । एकताका लागि दुवै दलका नेताहरूले आफूहरू तयार रहेको भन्दै आएका भएपनि एकता हुन सकेको थिएन ।
एकताका लागि के के बिषहरु बाधक छन् भन्ने जिज्ञाशा जनस्तरमा बीढरहेकै बेला एकता घाष्ँणा भए पछि कायृकर्ता पंक्ति र जनस्तरमा होसला मिलेको छ । तर एकता भेसके पछि भने पार्टि गतिशील बन्न नसकेको गुनाशौ पनि जनताबाट सुन्न थालिएको छ , यसतर्फ नेतृत्व पंक्तिको ध्यानाकर्षण जरुरी छ । अब पार्टीलाई बाह्य स्वार्थ र बाह्य दबाबमा नलागेर नेपाली जनताको हितमा लगाएर देशको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्नु पर्दछ ।
हुन त भौगोलिक रूपमा सुगम भए पनि तराई मधेश विकासको दृष्टिकोणले दूर्गम नै मानिन्छ । मधेशका भित्री बस्तीमा अझै पनि रोग, भोक, अशिक्षा, अन्धविश्वास र असुरक्षाको अवस्था बिद्यमान नै छ । जनता गरिबीको मारमा पिल्सिएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, यातायात, विद्युत र सञ्चार जस्ता आधारभूत आवश्यकताहरू यहाँका आम जनताले अनुभूति गर्न पाएका छैनन् । अब जनता समाजबादी पार्टीले यस्ता बिषयहरुलाई राष्ट्यि मुद्दा बनाएर अभियानमा लाग्नु जरुरी छ । राजपा र समाजवादीबीच एकता हुँदा बित्तिकै राजपाको सांगठानिक हैसियत पनि देशव्यापी बन्न पुगेको छ ।
तराई–मधेशमा व्याप्त समस्याहरूका कारण लामो समयदेखि यहाँका जनतामा ठूलो असन्तुष्टि रहेको अवस्था छ । जनतामा एकात्मक शासन प्रणालीप्रति ठूलो आक्रोश पनि थियो । त्यसकारण जनआन्दोलन लगत्तै भएका मधेश आन्दोलनमा यहाँका जनता सक्रिय रूपमा सहभागी भएका थिए । तिनै आन्दोलनको नेतृत्व गर्नेहरूले नै अहिले सत्ताको स्वाद चाख्न पाएका छन् । केन्द्रीय राजनीतिमा आफ्नो स्थान जमाउन पनि पाएका छन् । जनताले लगाएको यो गुनलाई नेताहरूले भुल्नु हुँदैन । तथापी पहाडी भेगतिरका जनसाधारणको अवस्था पनि तराई मधेशका जनताको भन्दा फरक छैन । त्यसैले नै जनता समाजबादी पार्टीको मुद्दा मधेशमा मात्र केन्द्रित हुनु हुँदैन । मुलुकका अन्य प्रदेशमा नेकपाको बहुमतका सरकारहरु छन् । ती प्रदेशहरुमा जनताको अशन्तुष्टिलाई बुझ्न र समस्याहरु समाधानका लागि पार्टीको भूमिका देखिनु जरुरी हुन्छ ।
राजपा र समाजवादी पार्टीबीच एकता हुन नसक्दा विखण्डनकारीहरूले आफ्नो स्वार्थ पुरा गर्ने आधार तयार गरिरहेका थिए । यो एकताले बिखण्डनकारीहरुको मनोबल पनि खस्किएको हुनु पर्दछ । तर जनताकाबीचमा पुग्न सक्एिन र जनताका समस्याहरुलाई सम्बोधन गरेर अगाडि बढ्न सकिएन भने जनताको आकर्षण नेताहरुको क्यक्तित्वले मात्र हुने छैन भन्ने कुरामा स्पस्ट हुन जरुरी छ । जनता समाजबादी पार्टीले वर्तमान अवस्थामा देशको पश्चिमी सिमानामा भैरहेको छिमेकी देश भारतको सडक निर्माण कार्यको सम्बन्धमा मौनता देखाउनु कुनै पनि काणले उपयुक्त छैन । दुई देशबीचको सम्बन्धलाई नै प्रभावित तुल्याईरहेको यो बिबादमा जनता समाजबादी पार्टीले नेपालको हितलाई ध्यानमा राखैर प्रभावकारी र दीर्घकालीन रुपमै समस्या समाधान हुने गरी पहल गरेर क्षमता देखाउन सक्नु पर्दछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter