बिहिबार, १३ बैशाख २०८१

मुस्लिम युवाहरू नेपाली सेनामा भर्ना हुन उत्सुक हुनुपर्छ ।

इजहार मिकरानी

१५ जेष्ठ २०७७, बिहीबार १६:४८ मा प्रकाशित
सामाजिक संजालको माध्यम बाट मुस्लिम युवाहरू राष्ट्र र राष्ट्रियता प्रतिको माया, वफादारी र हौसला विगत केहि सप्ताह देखि टड्कारो रूपमा प्रकट गर्दै आएका छन् । राष्ट्रीय अखण्डताको सुरक्षाको सवालमा मुस्लिम युवाहरू अग्र पंक्तिमा देखिएका छन् ।
मुस्लिम युवाहरूको त्यो हौसला, साहस र निष्ठाको सही व्यवस्थापन र सम्मानजनक उपयोग नेपाली सेना लगायत मुलुकको विभिन्न सुरक्षा निकायमा भर्ना भएर सुरक्षा सेवाको माध्यमबाट पनि गर्न सकिन्छ ।
नेपाली सेना राष्ट्रको गहना हो । मुलुकको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानको प्रतीक हो नेपाली सेना ।
राष्ट्रलाई गाह्रो परेको बेला वा मुलुकमा कुनै खालको दैवी प्रकोप आएको बेला सेनाले उत्कृष्ट भुमिका निर्वाह गरेको छ ।
मुलुक र जनता प्रति संधै वफादार रही देश भित्र नेपाली सेनाले गौरवपूर्ण कामहरू गर्दै आएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू पनि सेनाले सफलताका साथ पूरा गरेको छ र केहि राष्ट्रिय आयोजना जस्तै काठमाण्डौ निजगढ फास्ट ट्रयाकमा सेनाको काम जारी छ ।
संयूक्त राष्ट्र संघको शान्ति मिशन अन्तर्गत द्वन्दग्रस्त अन्तर्राष्ट्रिय क्षेत्रहरूमा सफल भुमिका निर्वाह गरेर नेपाली सेनाले मुलुकको गौरव बढाउंदै आएको छ ।
नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल विज्ञान थापाले मलाइ बताए अनुसार अहिले सेनाको कुल संख्या 93 हजार देखि 96 हजारको बीचमा रहेको छ । स्थापित पद्धति अनुसार प्रत्येक वर्ष सयौंको संख्यामा विभिन्न तहका अधिकृत र जवानहरू सेवानिवृत्त हुन्छन् । खाली ठाउंमा पदपूर्ति गर्न नयां भर्नाको लागि दरखास्त पनि आह्वान गरिन्छ ।
ब्रिगेडियर पाण्डेका अनुसार लकडाउन खुलेको केहि समय पछाडिसेनामा भर्नाको लागि दरखास्त आह्वान गरिने छ ।
मुस्लिम युवाहरूले आफ्नो हिम्मत र जोशीलाई राष्ट्रीय स्वाधीनता र अखण्डताको लागि सदुपयोग गरी आफ्नो, आफ्नो परिवार, आफ्नो समुदाय र मुलुकको सम्मान बढाउनका लागि सेना लगायतका सुरक्षा निकायमा भर्ती हुन उत्सुक हुनु पर्दछ ।
इस्लाम धर्मको 1440 वर्षको इतिहासमा मुस्लिमहरूको सामरिक तकनीक, कौशल र अभ्यासको ठुलो गौरव र महत्व रहेको पाइन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter