मङ्गलबार, ०४ बैशाख २०८१

संक्रमितको संख्यामा छलाङ, सरकारको अर्कमण्यताको परिणाम, कांग्रेसको समीक्षा

३१ बैशाख २०७७, बुधबार २२:२५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनको समीक्षा गर्दै सरकारले प्रभावकारी काम नगरको बताएको छ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रभावकारी काम नगर्दा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोना लागेको उल्लेख गरेका हुन्।

सरकारले प्रभावकारी काम नगर्दा संक्रमितको संख्यामा छलाङ मारेको र सरकारको अर्कमण्यताको परिणाम देखिएको उनको भनाइ छ।

स्वास्थ्य सामग्री खरिदमा ढिलाइ र पिसिआरबाट परीक्षण नगर्दा सरकार चुकेको उनको भनाइ छ। पिसिआर प्रविधिबाट परीक्षणको दायरा वृद्धि गर्न पनि उनले माग गरेका छन्।विदेशमा रोजगारी गुमाएर विचल्लीमा परेका नेपालीलाई स्वदेश ल्याउन उनले सरकारसँग माग गरेका छन्।

देशब्यापी रूपमा लक डाउन भएको बैशाख ३० गते ५० दिन पूरा भएको छ। यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको छ भने अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति ब्यहोरिरहेको छ।

कोरोना विरुद्धको संघर्षमा यसविचमा के उपलब्धि भए र कमजोरी के–कस्ता रहे त्यसको वस्तुगत समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्न जरुरी

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter