बुधबार, १२ बैशाख २०८१

२६ जना नयाँ संक्रमित भेटिए, उपत्यकामा पनि तीन जना, कुल संक्रमित २१७

३१ बैशाख २०७७, बुधबार ००:३६ मा प्रकाशित

काठमाडौँ- नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ।

मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्।

पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्।

पर्साका २२ वर्षदेखि ६० वर्षसम्मका महिला, १६ वर्षदेखि ६१ वर्षसम्मका पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षका दुई पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो। त्यस्तै काठमाडौँका ३३ वर्षीया महिला, भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसअघि मंगलबार नै ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter