बिहिबार, १५ चैत २०८०

तालिबान संग प्रत्येक्ष संवाद गर्न भारतलाई अमेरिकी दूतको सुझाव

इजहार मिकरानी

२९ बैशाख २०७७, सोमबार १६:४० मा प्रकाशित
गत बिहिवार भारत भ्रमणमा आएका आफ्गानिस्तानका लागि अमेरिकी विशेष दूत जाल्मे खलीलजाद ‘द हिन्दू ‘नामक प्रसिध्द अख्बारलाई अन्तरवार्ता दिंदै एक प्रश्नको उत्तरमा भारतलाई तालिबान संग प्रत्येक्ष संवाद शुरू गर्न सुझाव दिएका थिए ।
कतारको दोहामा 29 फरवरी 2020 मा सम्पन्न अमेरिका र तालिबान शान्ति सम्झौता अनुसार आफ्गानिस्तानमा शान्ति स्थापना हुने सम्भावना अब मूर्त रूप लिन सक्छ ।
सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानबाट विभिन्न चरणमा आफ्नो सैनिक फिर्ता लग्नेछ ।
अमेरिकी सेना फिर्ता गए पछि आफ्निस्तानमा तालिबानको प्रभाव बढ्ने र त्यहां कट्टरपन्थी समूहहरुले थप शक्ति आर्जन गर्न सक्ने आशंका भारतलाइ छ ।
विगत देखि भारत र अफ्गानिस्तानको सम्बन्ध प्रगाढ रहंदै आएको छ । तर सेप्टेम्बर 1996 मा तालिवानले काबुल माथि कब्जा गरेपछि त्यहां भारतको कूटनीतिक प्रभाव समाप्त भएको थियो ।
तर 17 डिसेम्बर 2001 मा अमेरिकाको नेतृत्वमा तालिबान शासन अपदस्थ भए पछि भारतले आफ्गानिस्तानमा दर्जनौं ठूला परियोजनामा लगानी गरेर आफ्नो प्रभाव बढाउंदै आएको छ ।
भारतले तालिबानलाई पाकिस्तानको हिमायती र आतंकवादी समूहको रूपमा मान्दै आएको छ । आफ्गानिस्तानमा 70 प्रतिशत भुभाग माथि अहिले तालिबानको कब्जा छ ।
अमेरिकाको बहिर्गमन पछि आफ्गानिस्तानमा तालिबानको प्रभाव द्रूत गतिले बढ्ने निश्चित प्राय छ । यस्तो अवस्थामा आफ्नो कूटनीतिक आर्थिक, राजनीतिक र सामरिक भुमिका न्यून हुने चिन्ता भारतलाइ छ ।
भारतको चिन्ता निराकरण गर्न र आफ्गानिसातानको शान्ति र विकास प्रकृयामा आफ्नो स्थान र भुमिका सुनिश्चित गर्न अमेरिकाले तालिबान संग प्रत्येक्ष संवाद गर्न सुझाव दिएको छ । तर भारतले तालिबान संग तत्कालै संवाद गर्ने सम्भावना बलियो नरहेको जानकारहरूको आकलन छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter