बुधबार, १२ बैशाख २०८१

समय तालिकाका आधारमा भोलिदेखि काठमाडौंमा गाडी गुड्ने

२७ बैशाख २०७७, शनिबार २२:०५ मा प्रकाशित

काठमाडौं ।  भोलिदेखि काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन हुने भएको छ ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै भोलिदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने,‘गाडी चलाउन पाइने भनेर सबै गाडी चलाउन पाइने हैन, गाडी चलाउन त कडा नै हुन्छ । निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, वित्तीय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई समय तालिकाअनुसार दिने निर्णय भएको छ ।’

ट्राफिक प्रहरी प्रमुख ढकालका अनुसार निम्न अनुसार सवारी सञ्चालन गर्न पाइने छ:

निर्माण सामग्री बोकेका ठुला टिपर र ट्रकरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउनेछन् ।

निजामती कर्मचारी, बैंक तथा वित्तीय सेवाका कर्मचारी बिहान ९ बजेदेखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नु पर्नेछ ।
सामान्यतया: अत्यावश्यक सामग्री बोकेका गाडीहरु जस्तै: तरकारी, खाद्य सामग्री, फलफूललगायत बोकेका सवारीसाधन बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने छन् ।

४४ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधन सञ्चालन गर्न भने नपाउने ।

माथि उल्लेखित सवारी साधन सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

तर राति चल्ने निर्माण सामग्री बोकेका सवारीसाधनका लागि भने परिचयपत्र र पत्र बोक्न आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिए । अत्यावश्यक कामबाहेक पास नबोकेर सडकमा गुड्ने सवारी साधनलाई कारवाही गर्ने उनको भनाइ छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter