शनिबार, २२ बैशाख २०८१

कतारले नेपाललाई दिएको १० टन स्वास्थ्य सामग्री आउँदै

१७ बैशाख २०७७, बुधबार १५:२३ मा प्रकाशित

काठमाडौँ – कतारले सहयोग स्वरुप प्रदान गरेका अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्दै छन् । कतारले प्रदान गरेको स्वास्थ्य सामग्री लिएर कतार एयरवेजको विमान आइपुग्ने जनाइएको छ ।

व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर परीक्षण किट, भिटिएम, एन ९५ मास्क, थर्मोमिटर, पोर्टेवल पिसिआर र पिसिआर रिएजेन्ट, मोनिटरसहितको पोर्टेवल भेन्टिलेटर, ल्याब तथा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स, एबिजी मेसिन, अक्सिजन प्लान्ट, सिआरआरटी मेसिन, सर्जिकल ग्लोभ्ससहित झण्डै १० टन स्वास्थ्य सामग्री लिएर विमान आउन लागेको हो ।

यसअघि कतारका आमिर शेख तमिम बिन हमाद अल थानीले नेपाल, रुवाण्डा र ट्युनिसियालाई कोरोना भाइरसविरुद्धको युद्धका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तत्काल सहयोग स्वरुप पठाउनका लागि निर्देशन जारी गरेका थिए ।

कतारले इरान, गाजा, इटालीसहितकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter