बिहिबार, १५ चैत २०८०

बंगलादेशमा मेडिकल पढिरहेकी छात्रालाई ब्लड क्यान्सर भएपछि आफन्तले विमान चार्टर्ड गरी नेपाल ल्याए

१६ बैशाख २०७७, मंगलवार २०:५४ मा प्रकाशित

काठमाडौँ-  बंगलादेशको रंगपुरस्थित एक मेडिकल कलेजमा अध्ययनरत नेपाली छात्रालाई ब्लड क्यान्सर भएपछि आफन्तले विमान चार्टर्ड गरी नेपाल ल्याएका छन्। काठमाडौँकी ती युवतीलाई बुद्ध एयरमार्फत मंगलबार नेपाल ल्याइएको हो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बुद्ध एयरको जहाजले विरामीलाई नेपाल ल्याएको जानकारी दिए। ‘आफन्तले सिकिस्त विरामी भएको भन्दै विमान चार्टर्ड गरेर ल्याउन अनुमति मागेका थिए’, देशसञ्चारसँग क्षेत्रीले भने।

किमो चढाउन आफन्तको लिखित सहमति चाहिने भएपनि लकडाउनका कारण सम्भव नभएपछि विरामीलाई नेपाल ल्याइएको हो। नेपालमा लकडाउन सुरु भएयता विदेशमा रहेका नेपाली ल्याइएको यो पहिलो घटना हो।

लकडाउनमा विदेशमा रहेका नेपालीलाई स्वदेश आउनसमेत प्रतिबन्ध लगाइएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter