शुक्रबार, ०७ बैशाख २०८१

थप २ जना कोरोना संक्रमित भेटिएलगत्तै रौतहटका २ गाउँ ‘सिल’

१६ बैशाख २०७७, मंगलवार २०:४३ मा प्रकाशित

रौतहट बैशाख १६,

एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १ करुनिया गाँउलाई सिल गरेको हो । ती दुई गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

दुुबै गाँउमा मानिसहरुको आवतजावतमा प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनको निर्देशन विपरित दुुबै गाँउमा आवत जावत गर्नेलाई कडा कार्यवाही गरिने  रौतहटका एसपी रविराज खडकाले चेतावनी दिएका छन् । मंगलवार रौतहटको बृन्दाबन ९ भुुसाहा गाँउका एक २४ वर्षीय युवक र देवाही गोनाही १ का ३५ वर्षीय अर्का युवकको स्वाबथ्रोट जाँचमा कोरोना पोजिटिभ पुष्टि भएको राजधानीस्थित टेकुु अस्पतालले जनाएको छ ।
टेकुुको रिपोर्टपछि संक्रमित दुुबैजना युवकलाई थप उपचारका लागी नारायणी अस्पताल वीरगञ्ज पठाइएको स्वास्थ कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

जनकपुरस्थित प्रादेशिक अस्पतालले बृन्दावनका २४ वर्षीय युुवकको स्वाबथ्रोट नेगेटिभ रहेको बताएपछि  चन्द्रपुर क्वारेन्टाईनबाट ६ गते युवकलाई घर पठाइएको थियो । घर आएलगतै संक्रमित युवक  ससुुरालीमा समेत घुुमेर आएको  साहले बताएका छन् ।

उक्त युुवकको सम्पर्कमा रहेका २४ जनालाई आज चन्द्रपुरस्थित क्वारेन्टाईन पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुुुमार महतोले जानकारी दिए । उनी लकडाउनकै अवधिमा चोर बाटो हुँदै भारतको कलकता बाट स्वदेश आएका थिए ।

उता, देवाही गोनाहीका संक्रमित युवक गत ६ गते भारतको राजधानी दिल्लीबाट चोर बाटो हुँदै घर फर्केका थिए । उनी फर्केका दिन आफ्नो भरमै बसेर भोलिपल्ट मात्र क्वारेन्टाईनमा आएकाले परिवारको ९ जनालाई पनि संक्रमण भएको आशंकामा क्वारेन्टाईन लगिएको देवाही गोनाही नगरका स्वास्थ संयोजक नागेन्द्र कुुश्वाहाले जानकारी दिएका छन् ।पटक–पटक गरी ३ जनामा कोरोना भाईरसको संक्रमन भेटिएकाले रौतहटमा त्रासक उत्पन्न भएको छ । संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गर्न समेत जिल्ला प्रशासन कार्यालय रौतहटले अनुुरोध गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter