बिहिबार, १३ बैशाख २०८१

अन्तर धार्मिक शान्ति महासंघ नेपाल द्वारा सद्भभाब प्रबर्द्दन गर्दै कोरोना बिरुद्द लाग्न अपिल !

१४ बैशाख २०७७, आईतवार १७:५२ मा प्रकाशित

काठमाडौं , बैशाख १४/ विश्व समुदायलाई नै त्रास फैलाइरहेको कोरोना भाईरसको महामारी बिरुद्द सबै खाले सद्भभाब प्रबर्द्दन गर्दै कोरोना भाईरस बिरुद्दको लडाईंमा लाग्न अन्तर धार्मिक शान्ति महासंघ नेपाल द्वारा अपिल गरेको छ ।

पछिल्लो समय नेपाल , भारत लगायत अन्य मुलुकहरुमा कोरोना सन्क्रमणलाई लिएर साम्प्रदायिक , धार्मिक तथा सास्कृतिक सँरचना माथि सामाजिक सन्जालमा अफवाह तथा अरुको आस्था माथि मजाक बनाउने , प्रहार गर्ने जस्ता कार्य भइरहेकोले यस्तो गम्भिर परिस्तिथिमा सम्बेदनशिल बिषयमा खलल नपुर्याउन सम्पूर्ण सरोकारवाला माझ अपिल गरेको छ ।

नेपाल बहुधार्मिक , बहुसास्कृतिक र बहुभाषी मुलुक भएकोले यो सन्क्रमणको समयमा नेपाल सरकारको लकडाउन र नितीलाई पालन गर्दै सामाजिक दुरी कायम गर्न कुनै पनि धार्मिक स्थलहरुमा भेला हुने सामुहिक कृयाकलाप नगर्न सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter