बिहिबार, १५ चैत २०८०

कोरोना रोकथाम को लागि सरकार को आदेश न पर्याप्त न योजनाबद्ध

सल्मा बेगम स्टाफ नर्स काठमाडौं

१० बैशाख २०७७, बुधबार २२:५० मा प्रकाशित

विश्व ब्यापी कोरोना माहामारी संसार भरीनै फैलिन थलेपछी बिश्वका प्राय मुलुक जस्तै नेपाल सरकारले पनि गत चैत 11 गते देखि लकडाउन घोषणा गरेको हो। चीन को हुबेइ प्रान्तस्थित बुहान सहरबाट सुरु भयको उक्त रोग अहिले 210 मुलुकमा फैलिसकेको छ, भने विश्व भरी करिब चौबिस लाख भन्दा बढीमा संक्रमण देखिसकेको र करिब 1 लाख 65 हजार मानिसहरुको यो रोगको कारण मृत्यु भएसकेको छ। आज को मिति सम्म नेपालमा 43 जानामा COVID 19 को संक्रमण देखा परीसकेको छ र 5 जना सफल उपचार पश्चात् निको भइ घर पनि फर्की सकेका छ्न। अहिले सम्म विश्वले COVID-19 उपचारकोलागि कुनै औषधी बनाउन नसकेको अवस्थामा यसको रोकथाम र संक्रमण फैलन नदिनुनै उत्तम उपाय हो। यो एक संक्रमीत ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै खोक्दा या हायुछी गर्दा droplet media मार्फत र direct अनि indirect contact बाट नाक, मुख हुँदै स्वास्थ ब्यक्तिको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुदा, social distance कायम गरि संक्रमणबाट आफू बचेर यसको chain break गर्न नै उपयुुक्त हुन्छ। यसै विषयलाई ध्यानमा राखी सरकारले गर्नु भएको लकडाउनले पनि धेरै हद सम्म संक्रमण फैलिन बाट रोकेको अनुमान हामी लगाउन सक्छौं र हामी सरकार सङ आभारी पनि छौ। आज लकडाउन गरियको महिनौ पुगि सक्दा समेत सरकारले यसको अलाबा नेपालीको पक्षमा अरु केही नया योजनाहरु नबनाइदिदा नेपालीहरु धेरैनै अफ्ट्यारोमा परेका छ्न। नेपाल जस्तो बिकासउन्न्मुख देशमा बिना योजना अनिश्चित कालिन लकडाउन कहिले सम्म? सरकारसङ लकडाउन बाहेक के अरु केहि बैकल्पिक योजना छैन? कोरोनाबाट जनतालाई बचाए जस्तै लकडाउनले निम्त्याएका समस्याहरुको Back Up plan के छ? लकडाउनको घोषणा भय सङै देश भरीका बिध्यालय, बिश्व-बिध्यालय बन्द छ्न, साना देखि ठुला पसल ब्यबसायहरु ,सरकारी तथा निजि संघसंस्थाहरुबाट हुने कामकारबाही ठप्प छ्न, अस्पतालले ईमर्जेन्सी बाहेकका अन्य सेवापनि सहजै उपलब्ध गराउन सकेका छैन। के नेपाल सरकारसङ यसरी 3 करोड नेपालीलाई घरमै राखेर पाल्ने सामर्थ्य छ? यदि छ भने यसरी कैले सम्म? नत सरकारले यस लकडाउन समयको सहि सदुपयोग गरेर द्रुतगतिमा हरेक गाउँ नगरमा कोरोना जाँच गराइ बिरामी पत्ता लगाउन सकेको छ, नत दैनिक ज्याला मजदुरी गर्ने गरिबहरुको पहिचान गरि तिनीलाई खान बस्न ब्यबस्था नै गर्न सकेको छ।सरकारले जाहा हुनु हुन्छ तेहि सुरक्षित साथ रहनुहोस ,घरबेटिले डेराबालाको घर भाडा छुट गर्नुहोस या बैंकले केही महिनाको ब्याज छुट गर्नुहोस भन्ने जस्ता आदेशहरु आफैमा अपर्याप्त छ्न। हामीलाई थाहा छ सबै घरधनी धनी छैनन, कतिपयहरु घरभाडाकै भरमा जीवन चलाउछ्न, अफिसहरु बन्द हुदा कामकारबाही हुन सक्दैन ,कर्मचारीलाई बिना काम तलब खुवाउन गह्रौ पर्छ,तलब नपाउदा घर चलाउन सकिँदैन,पसल ब्यबसाय बन्द हुदा आम्दानीको स्रोत बन्द हुन्छ। अनि कसरी चल्छ आम नागरिकको जिन्दगी ? यी त केही उदाहरण मात्र हुन, नेपालमा अझ त्यस्ता परिवार समेत छन जो दिन भरी काम गरेर हातमुख जोड्न सक्दैनन, झन कामनै गर्न नपाउदा तिनको हालत के होला? राहत को नाममा 5kg चामल, 1kg दाल र 1 प्याकेट नुन मात्र यसको समाधान हो त? माहामारीको बेला सबै मिलेर अगाडी बद्नु पर्छ, हुनेखानेले हुदा खानेलाइ सहयोग गर्नु पर्छ, सरकारको आदेसको पालना गर्नु पर्छ। माहामारी कुनै सुचना दियर आउदैन जति बेला जाहा पनि आउनसक्छ, नेपालकोलागि यस्ता प्रकोपहरु कुनै नौलो कुरा हैन, हामिले बाढि, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपहरु बर्सेनि झेल्दै आइरहेका छौ, तर यती हुद हुँदै पनि सरकार यस्ता प्रकोप तथा आपतकालीन समयको लागि यसबाट आइपर्ने समस्याहरुको लागि पुर्बयोजना किन बनाउदैन किन सरकारका बिपत ब्यबस्थापान निकायहरु सक्रियरूपमा अगाडी बड्न सकेनन ? आपतकालीन अबस्थामा जनताको खाने, बस्ने, स्वस्थ सुरक्षाको ब्यबस्थापानमा किन सरकार सतर्क हुदैन , जनाताको मौलिक हकको रक्षा गर्नु सरकारको जिम्मेवारी होईन? सबै जनाताका आवस्क्ता एकै किसिमका हुदैनन, वृद्ध, बालबालिका, सुत्केरी, गर्भवती, दीर्घरोगी, अपांग, आसाहय, इत्यादिको लागि समेत समेटिने गरि योजना कहिले र कसरी बन्ने? आसा छ आगामी दिनहरुमा सरकारले जनताको चाहना अनुसार, योजनाहरु ल्याउने छ, सबैले लकडाउन को पालला गर्दै कोरोना माहामारी बिस्तरै अन्त्य हुनेछ, हामी नेपाली आम जनता छिटै पुरानो दिनचर्यामा फर्किने छौ, अझै नया परिवर्तनहरु देखिने छन, अझ बढी आपसी सद्भाव र धर्मिक सहिष्णुता राखेर रास्ट्रको सेवामा लाग्नेछौ, धन्यवाद।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter