बिहिबार, ०६ बैशाख २०८१

जनकपुरमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने दुबै महिला प्रहरीको फन्दामा’एक जनामा कोरोना पोजेटिभ‍

६ बैशाख २०७७, शनिबार १९:१० मा प्रकाशित

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ६ महाबिर चोकमा शुक्रवार पैसा छ’रेर भागेकी दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी दुवैजना नातामा भाउजु र नन्द हुन ।पक्राउ गरिएको दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाईएको छ ।

उनीहरुलाई शनिवार(आज) करिव अढाई बजे जानकी नगरस्थित मदरसाको पछाडिवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीरचौकमा ती दुवै महिलाले १० रुपैयाँको नोट १२/१५ स्थानमा फा’लेर फ’रार भएका थिए।त्यसपछि को’रोना फै’लाउन पैसा फालेको भन्दै स्थानीयहरुमा खै’लाबैला म’च्चिएको थियो। प्रहरीले ती दुबै महिलाको तस्बिर सीसीटीभी फुटेजबाट सार्वजनिक गरी खोजी कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरेको थियो।

शुक्रबार जनकपुरधाम उपमहागरपालिका वडा नं. ४ महावीर चोकस्थित बीच बाटोमै पैसा फालेर भाग्ने महिलालाई आज नियन्त्रणमा लिई स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रादेशिक अस्पतालका स्रोतले जनाएको छ।

र्‍यापीड टेस्ट पोजेटिभ आएपछि पीसीआरबाट पुनः जाँच गर्ने तयारी भइरहेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter