बिहिबार, २७ बैशाख २०८१

र्‍यापिड टेस्ट : काठमान्डौका बुढानिलकण्ठ र धुम्बारीहीकी विदेश बाट फर्केकी एक -एक महिला मा देखियो कोरोना

४ बैशाख २०७७, बिहीबार २१:२० मा प्रकाशित

काठमाडौं वैशाख ४: बेलातको लण्डनबाट आएकी एक महिलामा र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएको छ। गत चैत ७ गते लण्डनबाट आएकी धुम्बारीहीकी ६२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखाएको हो। उनको घरैमा बिहीबार गरिएएको र्‍यापिड किट टेस्टबाट कोरोना पोजेटिभ देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई जानकारी गराइएको स्थानीयबासी तथा युवा स्वेयमसेवी संगीत बस्‍नेतले जानकारी दिए। टेकु अस्पताल श्रोतले पनि र्‍यापिड किट टेस्टबाट कोरोना देखिएकी वृद्धाको पीसीआर परीक्षण गर्न लागिएको जनाएको छ।

इटालीबाट फर्केकी बुढानिलकण्ठ-९ की ३१ वर्षीया महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

बुधबार र्‍यापिड टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए।

महिलाले आफू २८ दिन अगाडि इटालीबाट आएको बताएकी छिन्। उनलाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter