शुक्रबार, ०७ बैशाख २०८१

काभ्रेमा आरडीटी परीक्षणमा दुई जनामा भेटियो कोरोना संक्रमण

२ बैशाख २०७७, मंगलवार २३:०० मा प्रकाशित

२ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रतगतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो । उनको स्वाबको परीक्षण गर्न बाँकी छ ।
त्यस्तै बेथानचोक गाउँपालिका– का युवालाई आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी ९ चैतमा भारतबाट नेपाल आएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter