शनिबार, १५ बैशाख २०८१

हिलाल पब्लिकलाई पाँच कोठे भवन हस्तांतरण ।

२२ पुष २०७६, मंगलवार १६:२३ मा प्रकाशित

हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की स्थित हिलाल पब्लिक मा. वि. लाई नेपाल डेभलपमेन्ट सोसाइटी द्वारा पाँच कोठे भवन हस्तान्तरण गरिएको छ ।
आज पौष २२ गते हस्तान्तरण कार्यक्रमको प्रदेश सभा सदस्य ताहिर अंसारीको प्रमुख आतिथ्यतामा गाउँपालिका प्रमुख, उप प्रमुख लगायत स्थानीय पदाधिकारीहरूको उपस्थितिमा सोसाइटीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन ।

अब हिलाल पब्लिकमा नया शैक्षिक सत्र देखि उच्च तहको शिक्षाको लागि कक्षा११ र १२ पनि सञ्चालन गर्न सहज हुने कुराको उल्लेख्य विद्यालयका प्रधानाध्यापक जावेद अंसारीले गर्नु भयो ।

सुनसरीको सीमावर्ती क्षेत्रमा रहेको हिलाल पब्लिकमा अहिले कक्षा १० सम्ममा लगभग एगार सय जना र ४५ जना शिक्षकहरू अध्ययन अध्यापन गरि रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डॉक्टर आफ़ताब आलमले जानकारी दिनु भयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter