शुक्रबार, १६ चैत २०८०

कलंकी-नागढुंगा सडकका खाल्डाखुल्डी तत्काल मन्त्री नेम्वाङको निर्देशन

१३ पुष २०७६, आईतवार १४:३१ मा प्रकाशित

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार यस खण्डको स्थलगत निरिक्षण गरेका हुन् ।

मन्त्री भए लगतै उपत्यकाको सडकमा रहेका खाल्डा–खुल्डी पुर्न विशेष चासो देखाएका नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् ।

नागढुंगा सडकखण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज हुनका साथै जाम हुने समस्यालाई मध्यनजर गर्दै अनुगमन निस्एिका थिए । अनुगमनमा काठमाण्डौ क्षेत्र नं. ९ का सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया समेत सहभागी भएका थिए ।

स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले काठमाडौँ सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमूखलाई त्यस क्षेत्रमा रहेका खाल्टा खुल्टी तत्काल पुर्न निर्देशन दिए ।

मन्त्री नेम्बाङको सक्रियतामा चाबहिल गौशला सडक खण्ड बाहेक चक्रपथ भित्रका अधिकांश खाल्डा–खुल्डी पुर्ने काम सम्पन्न भएको छ । चावहिल गौशला सडक खण्ड मर्मत भन्दा पनि पुरै निर्माण गर्नु पर्ने भएकाले त्यसका लागि पनि ठेक्का सम्झौता भइसकेका छन् । छ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter