बिहिबार, १५ चैत २०८०

प्रधानमन्त्री ओली अस्पताल भर्ना

१० मंसिर २०७६, मंगलवार १५:२६ मा प्रकाशित

१० मंसिर, काठमाडौं

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीका अनुसार,  प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको छ ।  एपेन्डिसाइटिस  भएका बिरामीकाे तत्काल अपरेसन गर्नुपर्ने भएकाले त्यसकाे तयारी भइरहेको सायमीले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter