मङ्गलबार, ०६ चैत २०८०

त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

१० मंसिर २०७६, मंगलवार १०:५१ मा प्रकाशित

९ मंसिर, काठमाडौं

त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो ।

विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी गुठी सस्थानसँग सम्झौता गरिसकेको छ । स्थानीय र सम्पदाप्रेमीहरुले यो सम्झौताको विरोध गरेका छन् । सांस्कृतिक सम्पदालाई असर पर्ने गरी कलेज खोल्न नमिल्ने उनीहरुको तर्क छ ।

सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले शिक्षाको नाममा संस्कृति मास्ने काम भइरहेको बताए । सास्ंकृतिक सम्पदा संरक्षण गर्ने अभिभारा लिएको गुठी संस्थानले नै व्यापारिक स्वार्थको कारण संवेदनशील क्षेत्र बेच्नु आपत्तिजनक भएको उनको भनाइ छ ।

‘जुनसुकै बाहनामा सांस्कृतिक सम्पदा मास्ने परिपाटीले गलत शिक्षा दिन्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘भोलि अर्कोले आएर भट्टि चलाउन वा डान्सबार चलाउन जग्गा माग्ला, गुठी संस्थानले दिन्छ त ?’

केयुकी प्रोजेक्ट अफिसर पूजा अमात्यले काठमाडौं युनिभर्सिटीले संगीत विभाग खोल्न सत्तल भाडामा लिएको बताइन् । भूकम्प आउनु अगाडि नै कलेज खोल्नका लागि गुठी संस्थानसँग सम्झौता भएको उनको भनाइ छ ।

यसअघि टेकुमा रहेको पचली भैरवको पोखरीको जग्गा मिचेर सामुदायिक विद्यालयको निर्माणाधीन पक्की भवन स्थानीयले भत्काइदिएका थिए । यस्तै टंकेश्वर निलबाराहीको मन्दिर परिसर पनि मास्न खोजिएको थियो । तर स्थानीयले विरोध गरेपछि योजना सफल भएन ।

सम्पदाविद श्रेष्ठका अनुसार पहिले पहिले पाटी–पौवामा व्यवहारिक शिक्षा दिने चलन थियो । केही निजी गुठीहरुलाई पाटीमा पढाउनको लागि गुठीको जग्गा दिने गरिन्थो । तर पछिल्लो समय गुठी संस्थानले बेइमानी गर्न थालेको उनी बताउँछन् ।

केयूले संगीत पढाउने कलेज खोल्नको लागि मन्दिर पुनर्निर्माण गरिदिने बाहनामा सत्तल कब्जा गरेको आरोप स्थानीयको छ । सम्पदाप्रेमीहरुले पनि केयूले पुरातात्विक सम्पदाभित्र क्याम्पस सञ्चालन गर्नको लागि मन्दिरसँगै सत्तल पनि पुनर्निर्माण गर्नको लागि भन्दै कब्जा गरेको गुनासो गरेका छन् ।

‘हामीले बुझ्दा मन्दिरको सत्तलमा कलेज खोल्नु गैरकानुनी पनि हुँदो रहेछ,’ एक स्थानीय युवकले भने ।

मन्दिरको पुनर्निर्माणसँगै सत्तलको पुनर्निर्माण पनि केयूले नै गरिरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको पुनर्निर्माण गर्ने जिम्मा लिए पनि थाइल्याडबाट आएको सहयोग केयूलाई हस्तान्तरण गरेको थियो ।

केयुकी प्रोजेक्ट अफिसर पूजा अमात्यले काठमाडौं युनिभर्सिटीले संगीत विभाग खोल्न सत्तल भाडामा लिएको बताइन् । भूकम्प आउनु अगाडि नै कलेज खोल्नका लागि गुठी संस्थानसँग सम्झौता भएको उनको भनाइ छ ।

अमात्यले भनिन्, ‘सत्तलको माथिल्लो तलामा कलेज खोलिन्छ ।‘

यसअघि उक्त कलेज भक्क्तपुरमा थियो । सो क्याम्पसमा जग्गाको विवाद भएकाले त्रिपुरेश्वर महादेव मन्दिरको जग्गा रोजेको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter