बुधबार, १२ बैशाख २०८१

आरोही नपुगेका ३३ हिमालमा शत प्रतिशत रोयल्टी छुटको सिफारिस

९ मंसिर २०७६, सोमबार ११:०८ मा प्रकाशित

९ मंसिर, काठमाडौं

सरकारले आरोहण खुला भए पनि अहिलेसम्म आरोही नपुगेका हिमालमा रोयल्टी छुट दिने तयारी गरेको छ । पर्यटन विभागले मन्त्रालयसमक्ष यस्ता ३३ हिमालका लागि रोयल्टी छुटको सिफारिस गरेको हो ।

‘आरोहणको सम्भावना रहेका तर, प्रवद्र्धनको अभावले ओझेलमा परेका हिमालमा शत प्रतिशत रोयल्टी छूटको सिफारिस मन्त्रालयमा पठाएका छौं’, विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘यी हिमालको प्रवद्र्धन नेपाल पर्वतारोहण संघमार्फत गर्ने योजना छ ।’

विभागको तथ्यांकअनुसार अहिले नेपालमा कुल ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । त्यसमध्ये ८५ वटा हिमालमा मानव पाइला पुगेको छैन ।

आरोहणको रुट तयार गरिएको र आधार शिविरसम्म आधारभूत सुविधा लैजानसक्ने अवस्था रहेका हिमाललाई सम्भाव्यताका आधारमा खुला गरिएको छ ।

खुला गरिएका हिमालमध्ये ३ सय २९ चुचुरोमा आरोही पुगेका छन् । त्यसमध्ये सगरमाथा सबैभन्दा धेरैले आरोहण गरेको चुचुरो हो । सुदूरपूर्व र सदूरपश्चिमका धेरै हिमालमा अझै पर्यटक पुर्‍याउन सकिएको छैन । ताप्लेजुङ, दार्चुला, बझाङ, हुम्लालगायत जिल्लाका धेरै हिउँ चुचुरोको अवस्था पनि उही छ ।

सबैभन्दा बढी पर्यटक पुग्ने सगरमाथामा भने आरोहण प्रारम्भ भएयता ५ हजार ८ सय ६४ जना आरोही चुचुरोमा पुगिसकेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter