बिहिबार, ०६ बैशाख २०८१

हङकङकाे निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूको जित

९ मंसिर २०७६, सोमबार १०:४३ मा प्रकाशित

९ मंसिर, काठमाडौं

हङकङमा सम्पन्न जिल्ला काउन्सिलको निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूको जनलहर देखिएको छ ।

जारी मतगणना अनुसार, प्रजातन्त्र पक्षधर मतदाताहरूले अहिलेसम्म २ सय ७८ सिटमा विजय हासिल गरेका छन् । चीन पक्षधर उम्मेदवार भने निकै कमजोर देखिएका छन् । बीबीसीका अनुसार, अहिलेसम्म चीन पक्षधर ४२ उम्मेदवार मात्रै विजयी भएका छन् ।

विवादास्पद छवि भएका बेइजिङ पक्षधर सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित भएका छन् । हङकङ प्रहरीको समर्थक उनलाई यसै महिनाको सुरुवातमा एक नक्कली समर्थकले छूरा प्रहार गरेका थिए ।

सुपुर्दगी सन्धिको विरोधमा भइरहेका प्रदर्शनहरूको अगुवाइ गरिरहेका नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी शाम विजयी भएका छन् ।

निर्वाचन ४ सय जिल्ला परिषद सदस्यका लागि भएको हो । निर्वाचनमा साढे २९ लाखभन्दा बढीले मतदान गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हङकङको जिल्ला परिषद् सदस्यहरूसँग केही राजनीतिक शक्ति हुन्छ । यसले स्थानीय मुद्दा जस्तैः सवारी रूट, फोहोर व्यवस्थापनलगायतमा सरोकार राख्छन् । सहरको कार्यकारी छनोटमा भने उनीहरूको कुनै भूमिका रहँदैन ।

सुपुर्दगी सन्धिलाई लिएर हङकङ पछिल्लो ५ महिनादेखि अशान्त छ । त्यसैले यो निर्वाचनलाई हङकङकी प्रमुख कार्यकारी क्यारी लामको परीक्षाको रूपमा हेरिएको थियो । तर, मतदाताले पछिल्लो प्रदर्शन र तनावप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter