बिहिबार, १३ बैशाख २०८१

सनराइजका सीईओ भन्छन् : डिबेन्चरमा सर्वाधिक प्रतिफल दिएका छौं

८ मंसिर २०७६, आईतवार १५:३९ मा प्रकाशित

८ मंसिर, काठमाडौं

आफूसँग नगद भएर पनि त्यसकोे सही परिचालन गर्न नसक्दा धेरैले दुःख भोगेका छन् । घरजज्गामा लगानी गरौं ठूलो रकम छैन, सेयर बजारमा प्रवेश गरौं हालत खराब छ । बैंकको खातामा जम्मा गरेर राखौं, गतिलो ब्याज पाइदैन । त्यसैले साना लगानीकर्ताहरु अन्योलको अवस्थामा छन् ।

यदि तपाईं पनि आफूसँग भएको थोरै रकम केमा लगानी गरौं भन्ने सोचमा हुनुहुन्छ भने एउटा विकल्प हो, ऋणपत्र अर्थात डिबेञ्चर लगानीका लागि सबैभन्दा उत्तम ठानेर नै सरकारले अहिले डिबेञ्चरलाई अनिवार्य बनाएको छ । चालु आर्थिक वर्षको मौदि्रक नीतिमा नीतिगत व्यवस्था गरेर नेपाल राष्ट्र बैंकले वित्तिय संस्थाले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत डिबेञ्चर जारी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।

सरकारी नीतिले नै डिवेञ्चर बाध्यकारी बनाउनुका २ वटा कारण छन् । एउटा बैंक तथा वित्तीय संस्थामा हुने लगानीयोग्य रकम अभावको समाधान गर्ने । अर्को सर्वसाधारणलाई लगानीका लागि भरपर्दो प्लेटर्फम उपलब्ध गराउने । निक्षेप जम्मा भएको रकमको ८० प्रतिशत मात्रै बैंकहरुले लगानी गर्न पाउँछन् भने डिबेञ्चरबाट आएको रकमको शतप्रतिशत रकम नै लगानी गर्न सक्ने सुविधा बैंकहरुलाई दिइएको हुन्छ । यसले गर्दा लगानीयोग्य रकम अभाव भएर अर्थतन्त्रमा पार्न सक्ने असर कम हुन्छ ।

अर्कोतर्फ सर्वसाधारणका लागि पनि यो फाइदाजनक छ । बैंकमा लगेर निक्षेप राख्ने हो भने अहिले बैंकहरुले ९.२५ प्रतिशत हारहारीमा ब्याज दिन्छन् । यदि तपाईंले अहिले डिबेञ्चरमा लगानी गर्नु भयो भने १० प्रतिशत भन्दा माथि ब्याज पाइन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter