बिहिबार, ०६ बैशाख २०८१

कृषिमन्त्री भुसाल भन्छन् : म खराव ऋणी हुँ

८ मंसिर २०७६, आईतवार १५:३५ मा प्रकाशित

७ मंसिर, बुटवल

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने बताएका छन् । गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा जोडिएकाले कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको उनले भनाइ छ ।

मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा कृषिमन्त्री भुसालले भने, ‘परम्परागत र निर्वाहमुखी कृषि प्रणाली तोडेर व्यावसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन ।’

मन्त्री भएपछि पहिलोपटक गृह नगर आएका भुसालले आफ्नो ध्यान परम्परागत कृषिप्रणाली तोड्नेतर्फ रहेको बताए । ‘अहिले बजेटले निर्दिष्ट गरेका कुरा इमान्दारीपूर्वक कार्यान्वन गर्नेतर्फ ध्यान जान्छ, तर आगामी वर्षको नीति कार्यक्रम बनाउने बेला कृषि क्रान्तिलाई बल पुग्ने गरी योजना बनाउने प्रयास गर्छु’, उनले भने । मल विउको समस्या समाधान गर्न छिटो प्रक्रिया थाल्न सकिने भएकाले यसबारे एक महिना नसोध्न उनले आग्रह गरे ।

मन्त्री भुसालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने योजना सुनाए ।

निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटका लागि रुपन्देही आएको भन्दै नवनिर्वाचित कृषिमन्त्री भुसालले यस क्षेत्रका जनताका लागि आफू खराव ऋणीको रुपमा रहेको बताए । ‘म जहाँ पुगें, त्यो यही माटोकै योगदान हो’ उनले भने, यो ऋण चुक्ता गर्न सक्दिनँ । त्यसैले यहाँका जनताका लागि म खराब ऋणी हुँ । तर अन्तिम आनासम्म तिर्नका लागि निरन्तर खडा हुनेछु ।’

आफूमाथि गरेको अपेक्षाप्रति संकेत गर्दै मन्त्री भुसालले आफूमाथि ऋणको दायरा अझै बढेको बताए ।

कृषि क्षेत्रको विकास नभएसम्म मुलुकको प्रगति सम्भव नभएकाले प्रधानमन्त्रीलकै आग्रह स्वीकार गरेर कृषि मन्त्रालयको जिम्मेवारी लिएको उनले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter