शुक्रबार, ०७ बैशाख २०८१

तीन महीनामा राजश्व सङ्कलन सन्तोषजनक

८ कार्तिक २०७६, शुक्रबार १०:५८ मा प्रकाशित

धनगढी, ८ कात्तिक  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजश्व सङ्कलन भएको जानकारी दिनुभयो । करको दर नभई दायरा बढाएर अघि बढ्ने, सम्भावनाको खोजी गर्ने र सबै स्थानीय तहसँग करका सवालमा सामञ्जस्यता कायम गर्दै आपसमा समन्वय गरेर सरकार अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । सरकारको नीतिअनुसार आगामी चैतसम्म अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिएको र यसै महीना एक दिवसीय वित्तीय सम्मेलन गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव सुमन अर्यालले पनि बोल्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter