बिहिबार, २० बैशाख २०८१

नवौँ विश्व रेन्जर सम्मेलन चितवनमा

७ कार्तिक २०७६, बिहीबार १३:५७ मा प्रकाशित

चितवन, ७ कात्तिक  नवौँ विश्व रेन्जर सम्मेलन यही कात्तिक २६ गतेदेखि पाँच दिनसम्म सौराहामा हुने भएको छ । एशियामा नै पहिलोपटक नेपालमा सम्मेलन हुन लागेको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्य एवं वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार सम्मेलनमा ७० भन्दा बढी देशबाट करीब ५०० विदेशी सहभागी हुँदैछन् भने नेपालका १०० हाराहारीले सहभागिता जनाउने छन् । वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा काम गर्ने विज्ञहरु सम्मेलनमा सहभागी हुँदै छन् । थपलियाका अनुसार सम्मेलनमा वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा भएका उपलब्धि र चुनौतीहरुका विषयको आदानप्रदान हुनेछ । नेपालले वन्यजन्तु संरक्षणमा प्राप्त गरेको उपलब्धिलाई सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मुख्य रुपमा शून्य चोरी शिकारमा समुदायको सहभागिताका बारेमा नेपालले आफ्नो प्रस्तुतीकरणमा समावेश गर्ने जनाइएको छ । सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । थपलियाका अनुसार सहभागीहरुको प्रवेषाज्ञा, आवास, कार्यपत्रलगायतको तयारीको काम भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter