बिहिबार, ०६ बैशाख २०८१

बेबारिसे बालक फेला, आफन्तको खोजी जारी

७ कार्तिक २०७६, बिहीबार १०:३५ मा प्रकाशित

गलेश्वर, ७ कात्तिक    म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच भने खुल्न सकेको छैन । न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । थकित मुद्रामा रहेको बालक बोल्ने भए पनि आफ्नो अभिभावकको परिचय बताउन अस्वीकार गरेपछि पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रकी प्रहरी सहायक निरीक्षक सुशीला थापाले जानकारी दिनुभयो । सात वर्षदेखि बेपत्ता म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरकी एक युवती सात वर्षदेखि बेपत्ता छिन् । विसं २०६९ साउन २ गते बेपत्ता भएकी १७ वर्षीया सरिता सुनामी सात वर्ष बित्दा पनि अझै सम्पर्कमा आएकी छैनन् । बेपत्ता सुनामीको उमेर अहिले २४ वर्ष पुगेको छ । “विसं २०६९ साउन २ गते बिहानबाट हराएकी छोरी अहिलेसम्म पनि भेटिएकी छैन”, बेपत्ता सरिताका बुबा गङ्गे सुनामीले भन्नुभयो, “छोरी टुप्लुक्क आइपुग्छे कि भन्ने आशले बाटो हेरेर बसेको पनि सात वर्ष भइसक्यो केही अत्तोपत्तो छैन ।” सरिताका बुबाआमालाई छोरी कहाँ छ, कुन अवस्थामा छ भन्ने कुनै जानकारीसमेत नभएको र रातदिन छोरीको चिन्ताले पिरोल्लिइरहेको स्थानीयवासी एवं म्याग्दीका पत्रकार निर्मल खत्रीले बताउनुभयो । नेप्टेचौरको राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दागर्दै सरिता एकाएक बेपत्ता भएको खत्रीले जानकारी दिनुभयो । “सात वर्ष बितिसक्यो अहिलेसम्म कुनै अत्तोपत्तो छैन”, खत्रीले भन्नुभयो । खत्रीका अनुसार सामान्य खेतीकिसानी गरेर छाक टार्दै आएका सुनामीे परिवारमा छोरी हराएपछि ब्रजपात नै परेको छ । छोरीको चिन्ताले आमा चन्द्रकली सुनामीको अवस्था दयनीय भएको छ । रातदिन छोरीको झझल्को आउने गरेको बताउने चन्द्रकलीले भन्नुभयो, “शुरु–शुरुमा त आफन्तकोमा गएकी होली, आउली नि भनेर चित्त बुझायौँ, तर यतिका वर्ष भइसक्यो, खै खबरसमेत केही भएन ।” सरिताको खोजी गरिदिन उनका बुबाआमाले सम्बन्धित सरोकारवालालाई आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter