शनिबार, ०८ बैशाख २०८१

नेकपा नेतामाथि चन्द समूहको आक्रमण

६ कार्तिक २०७६, बुधबार १५:४६ मा प्रकाशित

जाजरकोट, ६ कात्तिक  बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण भएको हो । आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिनुभयो । चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ । विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter