बिहिबार, १५ चैत २०८०

राजविराजको शहीद द्वार निर्माण अलपत्र

६ कार्तिक २०७६, बुधबार १४:०७ मा प्रकाशित

राजविराज, ६ कात्तिक    रुपनी–राजविराज सडकखण्डअन्र्तगत पर्ने राजविराज नगरपालिका–९ मलेठमा निर्माण भइरहेको शहीद द्वार निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र अस्थामा छ । गत असार मसान्तमै सम्पन्न गनुपर्ने योजनाअनुसार निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा शहीद द्वार निर्माण कार्य अलपत्र अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । राजविराज नगरपालिकाबाट कूल रु ८१ लाखको लागतमा ठेक्का पाएको माँ गहिल निर्माण सेवाले हालसम्म करीब ७५ प्रतिशत काम सम्पन्न गरेर चार÷पाँच महीनादेखि निर्माण कार्य ठप्प गरेको सहमहासचिव मण्डलले बताउनुभयो । विसं २०७५ जेठ निर्माण कम्पनीले सम्झौता गरी २०७६ असार मसान्तभित्र शहीद द्वार निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद तोकिएको थियो । सहमहासचिव मण्डलका अनुसार ‘शहीद गेट’ तथा शहीद स्मारक स्तरोन्नति’ शीर्षकअन्तर्गत ‘शहीद गेट’ निर्माण, आर्क ढलान, टाइलिङ, मलेठ घटनाका ‘शहीद’ इनरदेव यादव, सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्दकुमार साह र वीरेन्द्र महतोको प्रतिमा निर्माण शहीद टायल्स, बिजुलीबत्ती जडानलगायतका काम रहेको छ तर उक्त कार्यमध्ये अधिकांश कार्य हुन अझै बाँकी नै रहेको पाइएको उहाँले बताउनुभयो । राजविराजदेखि रुपनीसम्मको रामलक्ष्मण मार्गअन्तर्गत राजविराज नगरपालिका–९ मलेठमा निर्माणाधीन ‘शहीद गेट’ निर्माण कार्य अलपत्रका कारण सर्वसाधारण जनताले अहिले सास्ती भोग्नुपरेको छ । राजविराज–रुपनी सडकखण्डको मलेठमा बीच सडकमै निर्माण भइरहेको शहीद द्वारको छेउमा डाइभर्सनसमेत नबनाउँदा यातायातका साधनलाई आवतजावतमा समस्या भइरहेको बस चालकले बताएका छन् । हल्का वर्षा भएपछि पनि उक्त बाटोमा अत्यधिक हिलाम्मय रहने गरेकाले समेत सवारीसाधन चलाउन जोखिम उठाएर चलाउनुपरेको चालकको भनाइ छ । निर्माण भइरहेको ‘शहीद गेट’ मा बाँसले बाधेर निर्माण गरिरहेको बाँस पनि हालसम्म नहटाएका कारण सवारी दुर्घटना हुनसक्ने खतरासमेत देखिएको मोटरसाइकल चालक मुकेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “बीच सडकको बाटैमा निर्माण भइरहेको ‘शहीद गेट’ निर्माण हालसम्म नसकेका कारण रात्रिकालीन समयमा चल्ने सवारीसाधनका चालक आज÷भोलि जोखिम पूर्ण अवस्थामा चलाउनुपर्ने बाध्यतासमेत रहेको छ ।” वर्षाअगावै उक्त काम सम्पन्न हुनुपर्नेमा निर्माण कार्यमा ढिलाइ भएकाले पनि आफूहरुलाई जोखिमपूर्ण अवस्थामा सवारी चलाउनुपरेको माइक्रोबस चालक चालक पवन यादवले बताउनुभयो । मधेश आन्दोलनका शहीदको नाममा निर्माण भइरहेको शहीद द्वार निर्माण कार्य समयमै सम्पन्न भए शहीदप्रतिको सम्मान हुने गैरसरकारी संस्था महासङ्घका अध्यक्ष शम्भुनन्दन चौधरीले बताउनुभएको छ । शहीद द्वार निर्माणलगायतका कार्यलाई आफूहरुले प्राथमिकतामा राखेको भन्दै अबको केही महीनाभित्रै सम्पूर्ण कार्य पूरा गराउन पहल गर्ने राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले प्रतिबद्धता जनाउनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter