शुक्रबार, १६ चैत २०८०

मेलमिलापकर्तालाई तालीम

६ कार्तिक २०७६, बुधबार १३:२५ मा प्रकाशित

वालिङ, ६ कात्तिक  वालिङ नगरपालिकाले ८४ जना मेलमिलापकर्तालाई आधारभूत सामुदायिक मेलमिलाप तालीम दिएको छ । ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, अष्ट्रेलियन सहयोग र एशिया फाउण्डेशनको आर्थिक सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा तालीम दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “नागरिकले न्याय र मानवताको अनुभूति प्राप्त गर्न सक्ने गरी जिम्मेवारीपूर्वक अगाडि बढ्नुहोस्”, नगर प्रमुख खाँणले भन्नुभयो, “आगामी दिनमा तपाईहरुलाई आवश्यक पर्ने पुनर्ताजगी तालीम प्रदान गर्दै जाने छौँ ।” वालिङ नगरपालिकाभित्रको न्याय प्रणालीलाई मजबुत बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने भएकाले तटस्थ भएर लाग्न नगर प्रमुख खाँणको सुझाव थियो । मेलमिलापबाट युद्ध र द्वन्द्वलाई समेत रोक्न सकिने भएकाले मेलमिलापकर्ताको भूमिका ज्यादै महत्वपूर्ण हुने गरेको स्याङ्जा जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठीले बताउनुभयो । “जिल्लाका अन्य स्थानीय तहमा भन्दा वालिङ नगरपालिकाले न्याय सम्पादनमा उत्कृष्ट र नमूना कार्य गरेको हामीले पाएका छौँ”, न्यायाधीश त्रिपाठीले भन्नुभयो, “मेलमिलापकर्ताले कसैलाई दबाबमा पारेरभन्दा पनि तटस्थ भएर दुवै पक्षको जीत हुने गरी न्याय दिनुहोस् ।” कानूनको मूल उद्देश्य न्याय दिनु रहेकाले मेलमिलापकर्ताले मुद्दा, झैझगडालाई मेलमिलापका माध्यमबाट निरुपण गर्दै जान पनि उहाँले सुझाव दिनुभयो । मेलमिलापको माध्यमबाट दुवै पक्षको जीत हुने भएकाले पनि यो प्रणाली प्रभावकारी हुँदै गएको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले बताउनुभयो । नगरपालिकाका १४ वटै वडाबाट छ÷छ जना छनोट भई आएका ८४ जना मेलमिलापकर्तालाई आधारभूत तालीम दिइएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter