बिहिबार, ०६ बैशाख २०८१

गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

६ कार्तिक २०७६, बुधबार १३:०५ मा प्रकाशित

सोलुखुम्बु, ६ कात्तिक    थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । अधिकृत राईका अनुसार करीब रु ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो । गाउँपालिकाको भवन निर्माण गर्नेबेला मौखिकरूपमा सहमति भएअनुसार गाउँपालिकाको नाममा रजिष्ट्रेशन पास भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । स्थानीय समाजसेवी गुरुङले १७.५ रोपनी जग्गा कानूनीरूपमा गाउँपालिकाको नाममा पास गरिदिएको अध्यक्ष राईले बताउनुभयो । सानो सहयोगले सिङ्गो गाउँपालिकाको विकासका लागि टेवा पुग्ने भएकाले जग्गा उपलब्ध गराएको जग्गादाता गुरुङको भनाइ छ । गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको उक्त जग्गामा एक वर्षअघि नै गाउँपालिकाको सुविधासम्पन्न भवनसमेत निर्माण भइसकेको छ । यसअघि गाउँपालिकाले व्यक्तिको नामको जग्गामा सरकारी भवन बनाएको आरोपसमेत लागेको थियो । आफूहरुले गाउँपालिकाको नाममा दिइसकेको जग्गामा केही व्यक्तिले अनावश्यक विवाद गरेको जग्गादाता एकाबहादुरका छोरा जीवन गुरुङले गुनासो गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter