शुक्रबार, ०४ जेठ २०८१

रत्ननगरको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

६ कार्तिक २०७६, बुधबार १३:०० मा प्रकाशित

चितवन, ६ कात्तिक  रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो । फोहर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्कालीमाई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले जानकारी दिनुभयो । प्रालिले यही कात्तिक १ गतेबाट फोहर सङ्कलनको काम शुरु गरेको छ । सो कम्पनीले वार्षिक रु १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहर सङ्कलनको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । रत्ननगरमा दैनिक करीब २५ टन फोहर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहरलाई वर्गीकरण गर्ने, सड्ने र नसड्ने फोहर छुट्याएर सड्ने फोहरबाट प्राङ्गारिक मल र नसड्ने फोहर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ । रत्ननगरमा सरसफाइ शुल्कवापत वार्षिक रु २२ लाख सङ्कलन हुने र फोहर सङ्कलनका लागि करीब रु एक करोड खर्च हुँदै आएको छ । नगर प्रमुख नारायण वनले फोहरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई जिम्मेवारी दिइएको बताउनुभयो । निजी क्षेत्रलाई फोहरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिकरूपमा रु ७८ लाख बचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter