शनिबार, ०८ बैशाख २०८१

प्रयोगविहीन सुधारिएको पानी घट्ट

५ कार्तिक २०७६, मंगलवार ११:०३ मा प्रकाशित

सिमकोट, ५ कात्तिक  हुम्लाको सर्केगाड गाउँपालिका–६ बराइगाउँमा असार मसान्तमा निर्माण सम्पन्न भएको सुधारिएको पानी घट्ट प्रयोगविहीन रहेको छ । बराइगाउँमा पानी घट्ट नभएकाले आरभिडब्लुआरएमपी, ग्रामीण जनउत्थान र गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको पानी घट्ट पानी अभावमा अहिले प्रयोगविहीन रहेको स्थानीयवासी कमला सार्कीले बताउनुभयो । बर्खामा पानी उपलब्ध हुने भए पनि हिउँदमा पानी नभएर घट्ट प्रयोगविहीन रहेको स्थानीयवासीको भनाइ छ । रु नौ लाख ६८ हजारमा निर्माण सम्पन्न भए पनि प्रयोगमा नआएको स्थानीयवासी भक्तराज ऐडीले बताउनुभयो । सुधारिएको पानी घट्ट बराइगाउँका १५० घरधुरीलाई लक्षित गरी निर्माण गरिए पनि स्थानीयवासीले प्रयोगमा नल्याएको उहाँले जानकारी दिनुभयो । असारमा निर्माण सम्पन्न भएको पानी घट्ट प्रयोगमा नआउँदा स्थानीयवासीले अर्को गाउँ रोडिटमा रहेको साढे एक घण्टाको पैदल हिँडेर पिसानी गर्दै आउने गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter