बिहिबार, १५ चैत २०८०

बादशाह जुट फ़िल्मको मुस्लिम समुदाय द्वारा विरोध

शमशाद आदिल -केयरखबर

२३ आश्विन २०७६, बिहीबार २१:०५ मा प्रकाशित

आउदै गरेको कार्तिक महिनाको १५ गते देखि बादशाह जुट नामक सिनेमाको प्रदर्शन हुन गई रहेको छ। यस चलचित्रको निर्देशक जोनी सिंह राणा, अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क बहादुर कुँवर छन ।

यति बेला सिनेमा टीमले ट्रेलर सार्वजनिक गरेको दिन देखि मुस्लिम समुदाय द्वारा विरोध हुदै छ। फिल्मको ट्रेलरमा नै मुस्लिम समुदायको सांकृतिक पहिरन झल्किने कुर्ता टोपी लगाएको मान्छेहरुलाई आतंकवादीको रुपमा देखाईएको छ, इस्लाम धर्मावलम्बीहरुले प्रार्थना गर्दा मस्जिदहरुमा पढिने अज़ानको आवाज द्वारा ट्रेलरको शुरुवात भएको छ। आतंकवादीको भूमिका निर्वाह गर्नेहरूको समुहको पोशाक मुस्लिम समुदायको पोशाक सङ्ग जोडीएको छ।

ट्रेलरको यस्तो दृश्यले मुस्लिम समुदायका अगुवाहरुले सिनेमा टीमको चौतर्फ़ी विरोध गरेका छन।
नेपाल बहुधार्मिक बहुभाषिक बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएकोले चलचित्र क्षेत्रले पनि राष्ट्रको विशेषताहरूको संरक्षण गर्नु पर्नेमा मुस्लिम अगुवा मोबिन खानको बुझाई छ।
सिनेमाको निर्माता रहेका हर्क वहादुर कुवँरलाई यस्ता दृश्यहरू हटाएर मात्र प्रदर्शन गर्न केयर फाउंडेशनका अध्यक्ष तथा समाजवादी पार्टीका नेता मोबिन खानले आग्रह समेत गरेका छन।

उक्त विषयलाई लिएर नेपाली कांग्रेस निकट मुस्लिम संघ, इस्लामी संघ नेपाल, जमीयत अहले हदीस, जमीयत ओलमा नेपाल, नेपाल मोहर्रम समिति, उर्दू एकेडमी कन्फिडेन्स नेपाल लगायत समाजिक धार्मिक संगठनहरूको अगुवाहरु द्वारा घोर विरोध गरिएको छ।

मुस्लिम समुदायलाई सांकेतिकरुपमा बदनाम गरिने भएकोले यस्ता फिल्महरू बजारमा आउनु सिंगो समुदाय र राष्ट्रलाई नोकसान हुनेमा मुस्लिमहरूको भनाई छ ।
समुदायको मानहानि हुने र छवि विगार्ने क्रियाकलाप असहय हुने उनीहरुको ठहर छ।
मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तारले सिनेमा न सच्याईएमा देश ब्यापिरुपमा सशक्तरूपले विरोध समेत गर्ने जानकारी केयरखबरलाई दिएका छन।

सिनेमामा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

अभिषेक शशी कुमारको लेखनमा निर्मित सिनेमामा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter